अनेरास्ववियु द्धारा अख्तियारमा उजुरी

काठमाडौं–चैत ३ । एमाले भ्रातृ संगठन अनेरास्ववियुले नेपाल आयल निगमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दर्ता गरेको छ । विराट पेट्रोलियमलाई बजार मूल्यभन्दा ३० रुपैयाँ बढी मूल्यमा पेट्रोल बिक्री गर्ने अनुमति दिएको भन्दै अनेरास्ववियुले आज उजूरी दर्ता गराएको हो । सरकारले विराट पेट्रोलियमलाई १ एसय २९ रुपैयाँ प्रतिलिटर मूल्यमा पेट्रोल बिक्री गर्ने अनुमति दिएको थियो । निगमले हाल ९९ रुपैयाँ प्रतिलिटर मूल्यमा तेल बिक्री वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया