साउदीमा कामका लागि जानेलाई निशुल्क परार्मश र सिमकार्ड

चैत ३ । रोजगारीका लागि साउदी जाने कामदारलाई अबदेखि एयरपोर्टमै परार्मश दिने व्यवस्था साउदी सरकाले गरेको छ । कुनैपनि देशबाट आउने कामदार काम गर्न सहज होस् भनेर परार्मश सहित सूचनाका लागि समिकार्ड समेत दिने व्यवस्था गरिएको हो । साउदी सरकारको अध्यागमन विभागको नेतृत्वमा सुरु भएको यो अभियानको साउदीका श्रममन्त्री मुफ्रीज अल हक्बानीले उदघाटन गर्नुभएको हो । कामदारको जानकारीका लागि विभिन्न कुरा समेटिएका ब्रोसर र निशुल्क सिमकार्ड दिने व्यवस्था यस मिलाइएको छ ।

Published On:  369पटक हेरिएको

तपाईको प्रतिक्रिया