असुरक्षित र अस्तब्यस्त नेपालका कारागार, केन्द्रीय कारागार त झनै जोखिममा

काठमाडौं–चैत २ । नेपालका कारागारको अवस्था निकै दयनीय छ । कारागारको भौतिक पूर्वाधरदेखि हरेक कुरा चितबुझ्दो छैनन् । अनि, नेपालमा कारागारलाई सुधार गृह बनाउने खासै प्रयास नहुँदा सुरक्षा जोखिम पनि उत्तिकै बढ्दो छ । सुरक्षा जोखिमको समाधान सधैँजसो घटना भएपछि मात्र खोजिने गरेकाले पनि सुरक्षा व्यवस्था जति कडा बनाए पनि फितलो सावित हुने गरेको छ । कुनै घटना भएपछि मात्र पुन: सुरक्षा र सुधारको चर्चा हुन्छ हाम्रो देशमा । नेपालका अधिकांश कारागार भौतिक अवस्था सुरक्षा र सुविधा दुवै दृष्टिबाट अनुपयुक्त छन् । लगभग सबैजसो कारागारमा आधारभूत भौतिक सुविधा पनि छैन । अहिले उपत्यकामा तीन वटा कारागार छन् । ती मध्ये केन्द्रीय कारागार सबैभन्दा ठूलो कारागार हो । तर केन्द्रीय कारागारको अवस्था यति सम्म नाजुक छ कि, केन्द्रीय कारागारका पर्खालका भित्ताहरु देख्दा भत्किन लागेका पर्खाल हुन कि भन्ने भान हुन्छ । पर्खालका भित्ताहरु पनि चर्किएका छन् । भवनको अवस्था पनि उत्तिकै दिकदार लाग्दो छ । कैदी थुने कारागारका सौचालयका ढोका भित्र छिरेपkaragarछि लगाउने चुकुल समेत छैनन् । १२ सय कैदी राख्न मिल्ने क्षमताको केन्द्रीय कारागारमा अहिले करिब २ हजार भन्दा वढि कैदी राखिएका छन् । केन्द्रीय कारागारको अवस्था त यस्तो छ भन्ने अरु कारागारको अवस्था कस्तो होला ? राजधानीमा रहेका अरु दूई नख्खु र डिल्लीबजार कारागारको अवस्था पनि उस्तै छ । यी कारागारहरुमा पनि एकातिर क्षमता भन्दा पढि कैदी राखिएको छ भने अर्कोतिर कारागार पनि जिर्ण अवस्था पुगेका छन् । अधिकांश कारागारमा क्षमताले थेग्नेभन्दा दोब्बर बन्दी राखिएका छन् । अदालतले कसुर ठहर गरी कैद ठेकेको व्यक्तितसँगै पुर्पक्षमा रहेकालाई पनि थुन्ने गरिएको हुन्छ । त्यतिमात्र हैन कैद सजाय नदिइएको व्यक्तिलाई धरौटी राख्न नसकेबापत समेत खोरमा थुन्ने चलन छ । यी बेग्लाबेग्लै प्रकृतिका कैदी, बन्दीलाई अलग अलग कारागारमा राख्नुपर्ने विश्वब्यापी मान्यता भएपनि नेपालमा त्यस अनुसारको भौतिक सुविधा छैन । साच्चै भन्ने हो भने कसैलाई सुध्रान खोरमा हाल्नुको सुध्रान भएपनि खोरमामा रहँदा कतिपय व्यक्तिमा पश्चातापको सट्टा प्रतिशोधको भावना बलियो हुनेगरेको छ । नेपालका कारागारको भौतिक, प्रशासनिक र व्यवस्थापन सबै पक्षमा धरै कमजोरी छन् । अधिकांश कारागार उपयुक्त स्थानमा छैनन् । घरै घरले भरिएको उपत्यकामा रहेका तीन कारगार पनि खुल्ला ठाउँमा ल्याउनु जरुरी देखिन्छ ।

कस्ले कसरी गर्छ कारागारको व्यवस्थापन
कारागारहरुलाई व्यवस्थित रुपले सञ्चालन गर्नका लागि गृह मन्त्रालयको मातहतमा कारागार व्यवस्थापन विभाग रहेको छ । यस विभाग अन्तर्गत ७२ जिल्लामा ७४ वटा कारागाहरु सञ्चालन भइरहेका छन् । कारागार व्यवस्थापन विभागको समन्वयात्मक भूमिका र प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष रेखदेख एवं नियन्त्रणा जेलरको प्रत्यक्ष जिम्मेवारीमा कारागारहरुलाई व्यवस्थित गर्ने काम हुन्छ । विभाग अन्तर्गत कारागार कार्यालयहरु रहेका छन् । त्यसरी नै बन्दी गृहको आन्तरिक प्रशासन बन्दीहरु मध्येबाटै नियुक्त गरिएका चौकिदार, नाइके, सहनाइकेको रेखदेखमा कारागार सञ्चालित हुन्छन् भने सुरक्षा व्यवस्था नेपाल प्रहरी र संवेदनशील कारागारहरुमा सशस्त्र प्रहरी बलको टुकडी खटाउने परिपाटी छ । कारागारहरुको संगठन संरचनाभित्र हाल विभिन्न श्रेणी र पदका कुल ६ सय ८८ कर्मचारीहरु कार्यरत रहेका छन् । त्यस्तै कारागारहरुमा बन्दी राख्ने क्षमता बारे अहिलेसम्म आधुनिक मापदण्ड तयार भएको छैन तापनि हालकै अवस्थामा ६ हजार ४ सय १६ कैदी राख्न सक्ने क्षमता नेपालका कारागारहरुमा रहेको छ । नेपालभरका ७५ जिल्ला मध्ये धनुषा, भक्ततपुर र बारामा कारागाहरु स्थापना भएका छैनन्, भक्तपुरमा बाल सुधार गृह सञ्चालनमा रहेको छ भने काठमाडौं र दाङ जिल्लामा २/२ वटा कारागार कार्यालयहरु सञ्चालनमा रहेका छन् । नेपालभर रहेका ७४ वटा कारागारहरलाई कर्मचारीको स्वीकृत दरबन्दी, राख्ने क्षमता र भौतिक अवस्थाका आधारमा ५ वर्गमा वर्गीकरण पनि गरिएको छ ।

खतरामा केन्द्रीय कारागार
कारागार छेउमै गगनचुम्बी भवन

कारागार र सुरक्षाको दृष्टिकाणले महत्वपूर्ण मानिने ठाउँहरुमा अग्ला अपार्टमेन्ट तथा व्यापारिक मलहरु निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर केन्द्रीय कारागारको छेउमै नेपालकै ठुलो, सिभिल ट्रेड नामको ब्यापारीक मल बनाइएको छ । सुरक्षाको दृष्टिले यस्तो संवेदनशील ठाउँमा यति ठूलो भवन कसरी निमार्ण भयो रहस्यको विषय बनेको छ । भवन निर्माणको स्वीकृत दिने निकायले यो विषयमा किन सोचेन ? केन्द्रिय कारागार रहेको जान्दा जान्दै यो ठाउँमा यो भवन कसरी खडा गरीयो खोज्नुपर्ने विषय पनि बनेको छ ।

तपाईको प्रतिक्रिया