म घुस दिन पनि दिन्न, लिन पनि लिन्न

– कृष्ण कुमार, योगी  चैत  २ ।  गत हप्ता आइतबारको दिन । म आफ्नो दैनिकीलाई शुरु गर्ने क्रममा एकाबिहानै किर्तिपुरदेखि हानिदै बल्खु–कालीमाटी– टेकु हुदँै कमलपोखरीतिर लाग्ने क्रममा बाटोमा एक दृश्य आइलाग्यो । त्यो दृश्य दशरथ रंगशालाको विपरीत सडकमा देखा पर्‍यो । कुरा के भने: यो स

डक किनारामा एक जना अन्दाजी २५–२७ वर्षका युवक सेतो टि–शर्टमा सजिएका देखिए । हुन सक्छ उनी गाडीको प्रतिक्षामा थिए । दुई चार जना व्यक्तिको चहल–पहलमा उनी फरक देखिए कारण उनले लगाएको टि–शर्टमा अघिल्तिर ‘म घुस दिन पनि दिन्न, लिन पनि लिन्न’ अंकित थियो । मैले म सँगै यात्रा गरिरहेको मित्रलाई त्यो दृश्यतिर ध्यान आकर्षित गरे ।

उनले टि–शर्टमा अंकित अभिव्यक्ति पढे निमेष मै प्रति–अभिव्यक्ति दिए ‘‘घुस लिन र दिनका लागि हैसियत त चाहियो नि । ति युवकप्रति उनको त्यो व्यङ्ग्यवाण थियो’’ । हामी सरासर आफ्नो गन्तव्यतिर लाग्यौ । मैले उनको अभिव्यक्तिमा कुनै आलोचना गरिन । लगभग पाँच मिनेटको बाँकी यात्राका क्रममा म गहिरो चिन्तनमा रहे । भ्रष्टाचारका घटनाहरु सम्झे, भ्रष्टाचारका कारणहरुप्रति मेरो मष्तिष्क केन्द्रित भयो केहिबेर भ्रष्टचारका क्रियाकलाप, आयुक्तको नियुक्ति प्रक्रिया र त्यसपछि अघिका परिस्थितिको आंकलन गर्नमा केहि समय खर्चिए । सरकारी र गैरसरकारी संस्थाका भ्रष्टाचार विरोधमा भए गरेका क्रियाकलापहरु माथी आाखाँ लगाए । कुनै बेला प्रो पब्लिक संचार माध्यममा र अनेक टोल टोल समाज देशका कुना काप्चामा छाएको देखिन्थ्यो, सुनिन्थ्यो ।

 भ्रष्टाचारीलाई चुलाचौका बारौ, भ्रष्टाचारीलाई यहाँ प्रवेश निषेध आदि इत्यादि नाराहरु । अझ नेपाल सरकारका सचीवहरु बाबुराम भट्टराई सरकारका पालामा भ्रष्टाचार विरोधि नारा अंकित टि–शर्टमा सजिएका संचारमाध्यमका फोटोहरु । हामीले के गरेनौ भ्रष्टाचारका विरोधमा । भट्राई सरकारका पालामा सुनिएको रमाइलो नारा थियो – भ्रष्टाचारमा शुन्य सहनशीलता । भ्रष्टाचार विरोधी भित्तेपत्रिका, स्टिकर, वृत्तचित्र, सभा, सम्मेलन, गोष्ठि बैठक आदि भए । अनुसन्धान, अन्वेषण पनि भए कति ताली पिटीए, गित गाइए, गाली गरिए, प्रतिवद्धता जारी गरिए, रिपोर्ट तयार पारिए, सार्वजनिक गरिए । जे होस भ्रष्टाचारले गाँजेको देश र समाजमा जति धेरै गतिविधि गर्दा पनि फिका लाग्नु स्वाभाविकै हो । देशलाई भ्रष्टाचारको क्यानसरले खाईरहेको छ । केही देखिने सकारात्मक कदमको खाँचो हर बखत महशुस हुन्छ । कुरा गरौ अघि उल्लेख गरिएका युवाले लगाएको टि–शर्टमा केन्द्रित हुदै मलाई लाग्छ कमसेकम ति युवाले म घुुुुुुुुुुुस दिन पनि दिन्न, लिन पनि लिन्न अंकित टि–र्शट लाउने साहस गरे, ती ए

क साहसीक व्यतिm हुन् । उनले कम्तिमा आफ्नो तर्फबाट प्रतिवद्धता त जाहेर गरे । एक असल कामको शुरुवात गरे । समाज बदल्ने प्रण गरे । आफुलाई भ्रष्टाचारको दलदलबाट टाढा राखे ।

उनले गरेको यो सकारात्मक प्रयासलाई हामी सबैले मुक्तकन्ठले प्रशंसा गर्नु आवश्यक छ । हाम्रा विद्धुतवर्गहरु भन्छन्– घुस लिन र दिन हैसियत चाहिन्छ रे । कस्तो हाँस्यास्पद तर्क, क्रस्तो लज्जास्पद विचार ? हेर्नुहोस् न हाम्रा समाजका ठूला–बडाहरुको कथनी र करणी, जसले समाज शुद्धिकरणमा अहं भूमिका निर्वाह गर्नुपर्ने हो जसले देशका योजना, नीति निर्माण गर्नुपर्ने हो तिनीहरु नै किन विकृत मानसिकताबाट अघि बढ्दै र समाजलाई कुमार्गतर्फ डोर्‍याउँदै छन् बुझ्नु जरुरी छ । मैले मेरा सहृदयी मित्रलाई गाली गलौज गरेको होइन केवल एक जबरजस्त मानसिकताको आलोचना गर्दैछ,ु जसले भ्रष्टाचारलाई मल–जल गर्दैछ, र राष्ट्रलाई एक आध्यारो गन्तव्यतिर धकेल्दैछ । जसले राष्टलाई सही दिशामा निर्देशित गर्नुपर्ने हो, तिनीहरु नै यहाँ कुतर्कको संस्कृतिको जन्म दिँदैछन् । विषयवस्तुलाई विविध आयामबाट हेर्नुपर्छ भन्नुको मतलब यो होइन कि वास्तविकतालाई तोडमोड गर्ने । सही कुरालाई बेठिक देख्ने, लेख्ने र पढाउने । राम्रो कामको खडेरी परेको ठाउँमा कसैले न कसैले त शुरु गर्नु नै छ । राम्रो काम गर्नेलाई राम्रो छ भनि हौसला प्रदान गर्ने हिम्मत राखौँ । घुस लिन पनि लिन्न दिन पनि दिन्न भन्दा कसरी यो हैसियतसँग जोडिन्छ

 । यो त जिम्मेवारीहिनताको पराकाष्ठा देखि केहि हुन सक्दैन ।

यो नितान्त जिम्मेवारी, कर्तव्यनिष्ठता, इमान्दारी, राष्टियता, लोकतान्त्रिक मूल्य मान्यता र एक असल नागरिकमा हुनुपर्ने आधारभुत चरित्रसँग गाासिएको प्रश्न हो । राम्रो शुरुवात जो सुकैले गरोस् त्यो विशुद्ध राम्रो नै हुन्छ, हाम्रो नै हुन्छ भन्ने संस्कृति बसाल्नु जरुरी छ । हामी दत्तचित्तले लागौँ – त्यो सम्भव छ । यसमा कसैले शंकाको दृष्टिले हेर्नु आवश्यक छैन । किनकी राम्रो कामको शुरुवातकर्तालाई जातभात, धर्म–परम्परा, वर्ग, लिंग, भाषा, राष्टियता आदि छेक्दैन र छेक्नुहुदैन अनि मात्र त्यहाँ सहकार्य छ, त्यहाँ विकास छ त्यहाँ निर्माण छ, त्यहाँ भविष्य छ– सबैको । यस्तो गम्भीर विषय जहाँ सबैको भविष्य निर्भर छ । किन त्यसमा अनावश्यक वादविवाद, तर्क, वितर्क, आलोचना गर्ने ? देश आलोचनाले बन्दैन, सहकार्यले बन्दछ, सत्कर्म गर्ने हातहरुले बन्दछ, सदविचार गर्ने महान मष्तिष्कहरुले बन्छ । त्यसैले सबैले यो बुझ्नु जरुरी छ कि घुस लिने र दिने कुरा हाम्रो चिन्तन र आचरणसँग प्रत्यक्ष जोडिएको छ ।

त्यसैले होला, मेरा सहृदयी साथीले यो घुसको कुरालाई हैसियतसँग जोडेका । बुझि नसक्नुछ । हाम्रा शिक्षित वर्गलाई, जसले कुतर्कको संस्कृतिको स्थापना गर्दैहुनुहुन्छ । विभिन्न दर्शनवाद, शास्त्र आदि इत्यादिका नाममा । किन हाम्रा बुद्धिजीविहरु यसरी भ्रष्ट चिन्तन् र दुष्ट आचरणका यथार्थ बन्दैछन् ? कुरा जटिल छ । जसले देशको भाग्य र भविष्यको निर्माण लागि भगीरथ प्रयास गर्नुपर्ने बुद्धिजीविवर्ग विभाजित बन्दैछन् ? विभिन्न नाममा यो कुरा अति नै चिन्ताको विषय हो । यो वर्ग कुमार्गमा लागेपछि हेर सन्ध्यामा त के होला हाम्रो देशको गति ? भन्न मन लाग्यो ।

भनिन्छ बुद्धिजिवीवर्गले समाजमा मियोको भुमीका खेल्नुपर्छ । दुर्भाग्य म घुस लिन पनि लिन्न दिन पनि दिन्न भन्ने युवाको भूमिकालाई कम आंकलन गरीदैछ । म घुस लिन पनि लिन्न दिन पनि दिन्न भन्नेले भन्दैछ: म चरित्र सुधार्छु, आचरण सुधार्छु, समाज र देशलाई चरित्रवान् बनाउाछु भन्ने युवाको मार्गमा तगारो बन्ने बुद्धिजीवी वर्ग वास्तवमा नै जिम्मेवार बुद्धिजीवीको पगरी गुथ्न लायक हुर्दैन । जसलाई जति आलोचना गरे पनि त्यो कमी नै हुन्छ । समाजको सुक्ष्म अध्ययन गर्दा यो एक खास वर्गको भन्दा पनि प्रवृतिको समस्या झै प्रतित हुन्छ । यो प्रवृत्ति र चिन्तनलाई समय मै परास्त गर्नु आवश्यक छ । जहाँ गलत बीजहरु समेत अंकुरण हुन नसकुन् । यहाँ हरेक सानो म वा स्वयंमले ठूलो म ले देश र संसारलाई सुसंस्कृत पार्न आवश्यक छ । सानो म को म घुस लिन पनि लिन्न दिन पनि दिन्न भन्ने अभिव्यक्ति जिम्मेवारीबोधक छ, जसले मैले जिम्मेवार हुनुपर्छ र मेरो यात्रा आदर्शतर्फ मोडिनुपर्दछ र मैले पनि भ्रष्टाचाररहित नयाँ नेपालको परम ध्येयमा मन, वचन र कर्मले ईटा थप्नुपर्छ भन्ने विचारलाई दर्शाउँछ । आऔँ प्रण गरौ, प्रवृत्ति फेरौ, घुस दिन पनि नदिऔ, लिन पनि नलिऔँ । एक असल संस्कृतिको जन्म दिऔँ र राष्ट्र निर्माण सयोग गरौँ ।

Published On:  709पटक हेरिएको

तपाईको प्रतिक्रिया