सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक पोखरामा शुरू

कास्की–चैत, १ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठक आजबाट पोखरामा  शुरु भएको छ । चार दिनसम्म चल्ने बैठक पोखराको होटल ग्रान्डमा सुरु भएको हो । बिहिबार हुने विदेशमन्त्रीस्तरीय बैठकको प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । तेस्रो दिन सचिव र चौथो दिन विदेशमन्त्रीस्तरीय बैठक हुनेछ ।बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुषमा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौयुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनेछन् ।

Published On:  453पटक हेरिएको

तपाईको प्रतिक्रिया