मलेसियासँग हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा

काठमाडौं–चैत, १ ।  मलेसियासँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल कोच ग्योटुकी कोजीले४४ जना खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन् । केही दिन अघि नेपाली फुटबल प्रशिक्षकको जिम्मा पाएका कोजीले छनोट भएका खेलाडीलाई मंगलबारदेखि बन्द प्रशिक्षणमा बोलाएका छन् । कोजीले साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता र भरखरै सम्पन्न सिमरा गोल्ड कपका आधारमा खेलाडी छनोट गरेको बताएका छन् । ४४ खेलाडीबाट २३ जनाको छनोट गरिनेछ । नेपालले मार्च २७ तारिखमा मलेसियाको अन्डर–२२ टोलीसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया