काठमाडौं–चैत, १ । सरकारले सन् २०२५ सम्ममा नेपालबाट भोकमरी हटाउने उद्देश्यसहित कार्ययोजना सार्वजनिक गरेको छ । कृषिविकास मन्त्रालयले गरी आगामी १० वर्षभित्र भोकमरी अन्त्य गर्ने राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको हो । योजना सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कृषिलाई आधुनिक र व्यवसायिक बनाउंँदै कृषकलाई उत्पादनमा प्रोत्साहित गर्ने नीति ल्याउने बताउनुभयो । आगामी दुई वर्षभित्र नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउंदै १० वर्षभित्र नेपालबाट भोकमरी अन्त्य गर्ने बताउनुभयो ।