पुनर्निर्माण अभियान आइतबारबाट सुरु

दोलखा, ३० फागुन ।
पुनर्निर्माण प्राधिकरणले आइतबारबाट पुनर्निर्माण अभियान शुरुवात गरेको छ ।
प्राधिकरणले भूकम्पबाट अति प्रभावित दोलखाको उत्तरी सिँगटी गाविसबाट राष्ट्रिय पुनर्निर्माण अभियान शुरु गरेको हो ।पुनर्निर्माण अभियान दोलखाबाट सुरु

पुनर्निर्माण अभियान दोलखाबाट सुरु

अभियानअन्तर्गत प्राधिकरणले भूकम्पपीडितलाइ स्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत सरकारले घोषणा गरेको अनुदानबापतको ५० हजार रुपैयाँ वितरण गरेको छ ।  प्राधिकरणले पहिलो चरणमा उत्तरी लादुक गाविस वडानम्बर –८ र लामिडाँडा गाविस वडानम्बर –६ का भूकम्पपीडितलाई पहिलो किस्ताबापतको रकम हस्तानतरण गरेको छ ।

अनुदान वितरणका लागि प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया नेतृत्वको टोली दोलखा पुगेको थियो । प्राधिकरणले बिहीबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत २६ करोड ५६ लाख ५० हजार रुपैयाँ निकासा गराएर काम अघि बढाएको हो ।

तपाईको प्रतिक्रिया