काठमाडौं ३०, फागुन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ थान गोलीसहित दरबारमार्गबाट पक्राउ परेका एकीकृत नेकपा माओवादी सांसद ल्हाक्याल लामालाई ५ दिन थुनामा राख्न आदेश दिएको छ ।
अकुत सम्पति उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनका क्रममा इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकरमा गोली भेटिएपछि सांसद लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्ररहरीले हातहतियार खरखजना ऐन अन्तरगत मुद्धा दर्ता गरि अनुसन्धान गर्न १० दिन म्याद माग गरेपनि प्रशासनले ५ दिन म्याद दिएको हो ।
सांसद लामालाई अदालतमा हाजिर नगराई जिल्ला प्रशासनमा लगिएपछि कानूनको पञ्जाबाट जोगिन सजिलो हुने भएको छ । जिल्ला प्रशान कार्यालय गृहमन्त्रालय मातहतको कार्यपालिकीय निकाय भएकाले सिडियोमाथि गृहमन्त्रीको आदेश लाग्न सक्ने र लामाको मुद्धा कमजोर बनाइने आशंका कानुनविद्हरुले गर्न थालेका छन् । गृहमन्त्री अभियुक्त लामाकै दल एमाओवादीका नेता भएकाले यस्तो आशंका बढेको हो ।