काठमाडौं–फागुन, २९ । प्रधानमन्त्री केपी र्शमा ओलिको चीन भ्रमणका क्रममा उत्तरी नाका खोल्न गरिने भनिएको पहल रोकिने भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको एजेन्डा तय गर्ने क्रममा थप नाका खोल्ने प्रस्ताव अघि बढाउन परराष्ट्र मन्त्रालयले अस्वीकार गरेपछि उत्तरी नाका खोल्ने प्रस्ताव अघि नबढ्ने संकेत देखिएको हो । परराष्ट्र मन्त्रालयले अन्य नाका खोल्ने प्रस्तावलाई छलफलमा राख्न मिले पनि सहयोगका लागि आग्रह गर्न नमिल्ने उल्लेख गरेको छ । उत्तर तिरका तातोपानी र रसुवागढी नाकालाई थप व्यवस्थित गरेर अन्यलाई विस्तारै अघि बढाउनुपर्ने परराष्ट्रका मन्त्रालयको आशय रहेको छ ।