सामाचार गलत भएको क्यानको ठहर

काठमाडौंं–फागुन २८ । केही दिनअघि प्रकाशित आईससी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणअन्तर्गत नेपाल र नामिवियाबीचको खेल भारतको नोयडामा हुने समाचार सत्य नभएको भन्दै नेपाल क्रिकेट संघ क्यानले प्रेस विज्ञप्ति निकालेको छ । केही दिनअघि भारतीय अनलाइन र नेपाली अनलाइनमा प्रकासित समाचार सत्य नभएको भन्दै क्यानले विहीवार प्रेस विज्ञप्ति निकालेको हो । क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आईसीसीसंग नियमित सम्पर्कमा रहेको भन्दै नेपाल र नामिवियाको खेल नेपालमै गर्ने प्रयास भइरहेको जानकारी दिइन् । क्यानले टीयू क्रिकेट मैदान निर्माण भइरहेकोले आईसीसीले मैदानको निरीक्षण र खेलाडी सुरक्षामा पास भए नेपालमै खेल हुने विज्ञप्तीमा उल्लेख छ । क्यानले नेपाल र नामिवियाबीचको खेल आयोजना गर्ने अवसर अझै रहेको बताउदै प्रतियोगिता आयोजनाका लागि सहयोग गर्न सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया