मधेसी मोर्चाले प्रधानमन्त्रीलाई ध्यान आर्कषण पत्र बुझायो

काठमाडौं–फागुन २८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मधेश आन्दोलनका माग पूरा नभएको भन्दै मोर्चाले आज ध्यान आर्कषण पत्र बुझाएको हो । ठूला दलरूको आग्रहमा मोर्चाले नाकाबन्दीलगायतका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएपनि अहिलेसम्म माग पूरा नभएको भन्दै मोर्चा नेताहरु बालुवाटार पुगेका थिए । मोर्चाले सरकारलाई १५ बुँदे माग पनि बुझाएको छ । मागमा तराई आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरुको उपचार, पक्राउ परेकाको रिहाई र कालोबजारीको अन्त्यको माग राखिएको छ ।

तपाईको प्रतिक्रिया