भूकम्पपछिको पूर्ननिर्माणमा अझै ढिलाई

काठमाडौं–फागुन, २८ । पूर्न निर्माणमा ढिलाई हुँदा भूकम्प पीडित जनता समस्यामा परेका छनु । पूर्ननिर्माण प्राधिकरणमा सिइओ नियुक्त भएर पूर्ननिर्माणको काम शुरू भएको घोषणा गरिए पनि अझै प्रभावकारी किसिमले काम हुन सकेको छैन । भूकम्पबाट प्रभावित काठमाडौ उपत्यका बाहिरका जिल्लामा यतिबेला लगत लिने काम भइरहेकाले उपत्यकामा भने अझै ढिलाई हुने भएको छ । काठमाडौ उपत्यकाका तीन जिल्लामा ७३ हजार ३ सय १७ घर भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । बाक्लो बस्ति रहेको उपत्यकाका विभिन्न क्षेत्रमा अझै पनि भग्नावशेष हटाइएको सकेको छैन । । पीडितहरु जोखिमयुक्त घर तथा टहरमा कष्टपूर्ण रुपमा बसोबास गर्न बाध्य छन् । सरकारले गएको माघ २ गतेदेखि भूकम्पले भत्काएको भौतिक संरचनाको पूर्ननिर्माण अभियान घोषणा गरेपनि अझै क्षति र पीडितको लगत लिने काम सकिएको छैन् । भूकम्पपीडितका लागि घर बनाउन सरकारले प्रतिपरिवार २ लाख दिने भनेको छ । शूरुमा ५० हजार, त्यसपछि ८० हजार र अन्त्यमा ७० हजार गरी ३ किस्तामा राहत उपलब्ध गराउने योजना सरकारको छ ।  तर बर्षायाम अगाडि नै राहत पाएर पीडितले घर बनाउन पाउने सम्भावना भने टर्दै गएको छ । सरकारले ढिलो गरी गठन गरेको पूर्ननिमार्ण प्राधिकरणको कछुवा गतिको चालमा काम गरेका कारण आँउदो बर्षायाममा पनि भूकम्पपीडितको टहरोमुनी बास हुने संभावना पनि बढेको छ ।

तपाईको प्रतिक्रिया