भूकम्पपछिको भग्नावशेष अझै हट्न सकेन

काठमाडौं–फागुन २७ । विनासकारी भूकम्प गएको एकवर्ष वित्न लाग्यो । तर भक्तपुर नगरपालिका वडा नम्वर ११ स्थित लेसिंखेल क्षेत्रका बासिन्दा अझै खण्डहर क्षेत्रमा रहेको  जोखिमपूर्ण घरमै बस्न बाध्य छन् । यो क्षेत्रमा भत्किएका घरको भग्नावशेष अझै हट्न सकेको छैन । भूकम्पपछि अन्यत्र कोठा भाडामा बस्दै आएका यहााका स्थानीय भाडा तिर्न नसकेपछि भग्नाबशेष क्षेत्रकै जोखिमपुर्ण घरमा बसिरहेका छन् । पहुाचको आधारमा भूकम्पपीडित कार्ड वितरण गरेको र यो क्षेत्रलाई फरक राजनैतिक आस्थाकै कारण पनि नगरपालिकाले वेवास्ता गरेको आरोप स्थानियले लगाएको छ । उनीहरु आफु बस्दै आएको घर भत्किए पनि अझै राहतकार्ड समेत नपाएको गुनासो गर्छन्् । स्थानियको यो आरोपलाई नगरपालिकाका वडा पदाधिकारी भने यसरी  खण्डन् गर्छन । यो क्षेत्र भक्तपुरको प्रमुख पर्व विस्केत जात्रा मनाउने केन्द्रस्थल पनि हो । विस्केत जात्रा आउन करिव १ महिनामात्र बााकी छ । तर यो क्षेत्रको अवस्था भने भग्न अवस्थामै रहेको छ । जोखिमयुक्त घरमा बस्दै आएका स्थानीयको पीडा त छादैछ ।  सम्पदा अड्याउन प्रयोग गरिएका टेकाले भक्तपुरकै महत्वपूर्ण विस्केत जात्राको  रथारोहण समेत प्रभावित हुने देखिएको छ  । नेपालको प्रमुख पर्यटनस्थल भक्तपुर त्यसमा पनि यहााको प्रमुख विस्केत जात्रा मनाउने केन्द्रस्थलमै  भग्नावशेष नहटाउादा स्थानिय त पीडित छादैछ भक्तपुर घुम्न आउने पर्यटकमा समेत यसले गलत सन्देश दिनेछ ।

तपाईको प्रतिक्रिया