साम्राज्ञीले देखाइन् शुभ–संकेत ‘ड्रिम्स’ले प्रमाणित गर्‍यो अनमोलको ‘स्टारडम’

काठमाडौं–फागुन,२७ । गत फागुन २० गतेबाट प्रदर्शनमा आएको अभिनेता भुवन केसी निदेर्शित तथा निर्मित चलचित्र ‘ड्रिम्स’ले दर्शकको अपार साथ पाएको छ । भुवन केसीको डेब्यु निर्देशन रहेको चलचित्रमा मुख्य कलाकार अनमोल केसी बाहेक दुई नायिकाले पनि यसै चलचित्र बाट डेब्यु गरेका छन् । छोटो भुमिकामा भिजे सन्ध्या केसी प्रस्तुत भएकी छिन् । तर,फिल्मकी मूख्य हिरोईनका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । साम्राज्ञीले पहिलो पटक ठूलो चलचित्रमा काम गरेकी हुन् । काँचको पर्दामाanamol selfie उनको अभिनयले शुभ संकेत देखाएको छ ।  चलचित्रमा अनमोल केसीले भन्दा साम्राज्ञीले उत्कृष्ट अभिनय गरेको दर्शकले बताउन थालेका छन् । उनको अभिनयलाई दर्शकले रुचाए पछि आगामी चलचित्रमा उनको सम्भावना पनि बढेको छ । चलचित्रमा साम्राज्ञी अनमोल केसीको प्रेमीकाको रुपमा छिन् । आकर्षक शंरीर, पावरफुल बोल्ड भ्वाईस र पात्र अनुसारको अभिनय दक्षताका कारण साम्राज्ञीले दर्शकको मन जितेकी हुन् । धेरै चलचित्रमा काम गरेका नायिकाले भन्दा उनले पहिलो फिल्मै धेरै राम्रो काम गरेको दर्शकहरुले प्रतिक्रिया पाएपछि साम्राज्ञी पनि मख्ख परेकी छन् । बिशेषगरी उनको बोल्ड र पावरफूल भ्बाईसले उनलाई प्रोफेस्नल सेलिब्रेटीकै दर्जामा खडा गर्ने संकेत समेत दिएको छ । यसैबीच, नेपालमा अभिनेता अभिनेत्रीको स्टारडमको चर्चा जहिलेsamragyee-rl-shah-4 भइरहन्छ, तर स्टारडम र स्टार पावर के हो भन्ने विषयमा कमैले जानकार राख्छन् । पछिल्लो समय नेपालमा स्टारडम भएका कलाकार खासै नभएको चर्चा भईरहँदा, युवा स्टार अनमोल केसीले आफ्नो स्टारडम प्रमाणित गरेका छन् । प्रदर्शनरत फिल्म ’ड्रिम्स’को आक्रामक बिजनेस, फिल्म हेर्न हलमा उर्लेको भिडले उनको स्टारडमलाई छर्लङ् पारेको छ । अनमोल केसीसहितको टोली हालै  राजधानीका हल–हलमा जाँदा कि त प्रहरी फोर्स, कि त चार जना बडिगार्डसहित उपस्थित भएका थिए । कुनै पनि नेपाली कलाकारले हलमा पुग्दैगर्दा यो सुरक्षा रणनीति अपनाएको सायदै पहिलो घटना पनि हो ।  अघि अघि प्रहरीको भ्यान अनि कालो गाडी चढेर जब उनी हलमा प्रवेश गरे, तब उनलाई देख्नासाथ उनका शुभचिन्तक तथा दर्शक, (फ्यान)हरु अनमोल अनमोलको नारा लगाउन सुरु गरे । अनमोल गाडीबाट बाहिर निस्किँदैगर्दा नै उनलाई दर्शकले घेरे, सेल्फी लिए, फोटो खिचे । भिड सम्हान धौ–धौको स्थितिसमेत थियो । विशेष सुरक्षा सहित पुगेका उनलाई प्रहरीले सकर्टिङ गरेर भिडबाट बाहिर निकालेका थिए । बलिउडमा सलमान खान, शाहरुख खान नामले नै उनीहरुका हरेकजसो फिल्मले इनिसियल बिजनेस गरेझैं अनमोलले पनि नेपालमा त्यो कुरा छर्लङ्ग पारिदिए । सुपरस्टार शैलीमा फ्यान क्रेज पाएका अनमोलको ‘ड्रिम्स’ हेर्न मल्टिप्लेक्सदेखि सिंगल थिएटरमा समेत उर्लेको मानवसागरले डेब्यु निर्देशन गरेका अनमोल पिता भुवन पनि उत्साहित देखिए । फिल्मले रिलिज भएको तेस्रो दिनमै तीन करोड हाराहारीको व्यपार गरिसकेको थियो । अहिले पनि ड्रिम्सलाई दर्शकले साथ दिइरहेका छन् ।

Published On:  457पटक हेरिएको

तपाईको प्रतिक्रिया