कति छ वीरेन्द्रको सम्पति ?

काठमाडौंं–फागुन २७ । नेपाल ट्रष्टले १० बर्षदेखि स्वर्गीय राजा वीरेन्द्र सम्पति खाज्ने काम गरिहरेको छ । ट्रष्टले फेला पारे अनुसार अहिलेसम्म राजा वीरेन्द्र र उनको परिवारको नाममा २१ हजार रोपनी जग्गा, नेविल बैङ्क १ लाख ५० हजार युएस डलर र स्13टान्डर्ड चाडर्ड बैंक ४८ हजार व्रिटिस पाउन्ड रहेको छ । वीरेन्द्र उनको परिवारका नाममा काठमाडौं, कास्की, नुवाकोट, सिन्धुपालचोक, सुर्खेत, भक्तपुर, ललितपुर, धनकुटा लगायतका जिल्ला जग्गा रहेको छ । जग्गा र पैसा भन्दा वाहेक वीरेन्द्रको नाममा होटल र बैङ्कहरूमा लगानी समेत रहेको देखिन्छ । ट्रष्टका अनुसार वीरेन्द्रको नाममा अन्नुपूर्ण होटलमा ३६ हजार संख्यामा शेयर नेपाल छ भने नेविल बैङ्कमा २ लाख कित्ता शेयर रहेको छ । त्यस्तै काठमाडौंमा गोर्कण रिसोर्ट, काठमाडौं प्लाजा र काठमाडौको सोलीमोडका केही ७ वटा व्यवासायिक सटर र घरहरूपनि वीरेन्द्र परिवारको नाममा रहेको नेपाल ट्रष्टको भनाई छ । ट्रष्टकै अनुसार नेपालका मुख्य शहरहरूमा वीरेन्द्र परिवारका नाममा घरहरू समेत रहेका छन् । वीरेन्द्रको सबैभन्दा बढि सम्पति काठमाडौ जिल्लामा देखिएको छ । नेपाल ट्ेरष्टले स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको सम्पति छानविन गरी ट्रष्टमा ल्याएर शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया