रेखाको नयाँ फण्डा, ‘रामप्यारी’कै लागि फेरि बनिन् शिवभक्त

काठमाडौं । निमात्री तथा नायिका रेखा थापा आफ्नो पछिल्लो चलचित्र ‘रामप्यारी’का लागि अनेक फण्डा अपनाउन थालेकी छन् । हालै सम्पन हिन्दू नेपालीहरुको महान पर्व शिवरात्रीको अवसर पारेर उनले पशुपति पुग्दै बाबाहरुजस्तै बन्दै नौलो फण्डा अपनाएकी हुrekhako naya fandaन् । दुई बर्ष अघिको शिवरातत्रीमा तत्कालीन विकास बोर्ड अध्यक्ष धमेन्ऽ मरवैत्तासाग गााजा तान्दै गरेको तस्बिर सार्वजनिक गरेर त्यो वर्षको शिवरात्रीमा पनि उनी निकै नै शिवभक्त बनेको सावित गरेकी थिइन् । उक्त फोटोले समेत निकै चर्चा व्यहोर्‍यो भने आलोचना पनि उत्तिकै । यो पटक पनि उनले यस्तै फण्डा अपनाइन । यो वर्ष भने उनी जोगी तथा बाबाहरुले लगाउने गेरु वस्त्र धारण गरेरै पशुपति पुगिन् । शिवरात्रीको एक दिन अगाडि नै पशुपति पुगेर उनले दर्शन गरिन् । उनले पाशुपत क्षेत्रको दर्शन मात्र गरिनन्, भारतबाट आएका जम्बोनाथ र शिवसेना नेपालले आयोजना गरेको भोजमा समेत सामेल भइन् । उनले पशुपति क्षेत्रमा पुगेका भक्तजनहरुलाई आफ्नै हातले भोजन ग्रहण समेत गराइन् । नायिका थापाले आफू महादेवको भक्त भएकाले सधै नै शिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आउने गरेको बताइन् । उनले चलचित्र ‘रामप्यारी’को सफलताका लागि पनि कामना गरेको सुनाइन् । यो चलचित्रमा दोहोरो भूमिकामा देखिएकी रेखाले गेरु वस्त्रमै पूजा आजा गरेकी थिइन् । त्यसको भोलिपल्ट अर्था शिवरात्रीकै दिन उनले आफ्नो फिल्म ‘रामप्यारी’को ट्रेलर समेत सार्वजनिक गरिन् ।

Published On:  450पटक हेरिएको

तपाईको प्रतिक्रिया