कांग्रेस महामन्त्रीमा शशांख कोइराला र कोषाध्यक्षमा सीतादेवि निर्वाचित

काठमाडौं–फागुन २५ । नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइराला निर्वाचित हुनुभएको छ । कोइराला १ हजार ४ सय १७ मत ल्याएर विजयी हुनुभएको हो । वीपीका छोरा समेत रहनुभएका कोइरालाले निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीलाई ४ सय मतले पराजित गर्नुभएको हो । त्यस्तै महामन्त्रीका अर्का उम्मेद्वार अर्जुननरसिंह केसीले १ हजार १७ मत प्राप्त गर्नुभयो भने कृष्ण सिटौला प्यानलबाट उम्मेदवार बनेका गगन थापाले ५ सय ८४ मत प्राप्त गनुभयो । त्यसैगरी कांग्रेस कोषाध्यक्षको पदमा सीतादेवि यादव निर्वाचित हुनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कोषाध्यक्ष पदको मंगलबार सम्पन्न मतगणनामा सीतादेवीले चित्रलेखा यादवलाई ८ मतले पछि पार्दै निर्वा्चित भएकी हुन् । सितादेवीले १ हजार २ सय १७ र  चित्रलेखाले १ हजार २ सय ९ मत प्राप्त गर्नुभएको हो ।

Published On:  152पटक हेरिएको

तपाईको प्रतिक्रिया