काठमाडौ, फागुन २५ । नेपाली कांग्रेसका कन्द्रीय सदस्यहरूको मत गणना आज नहुने भएको छ । कांग्रेसका अनुसार आज महामन्त्री पदको मतगणना हुने भएकाले केन्द्रीय सदस्यको बुधवार मात्र मतगणना हुने भएको हो । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जना चुनावी प्रतिस्पर्धामा छन् ।