शिवरात्रिमय पाशुपत क्षेत्र

फाुगन २४ । आज शिवरात्रिको दिन पाशुपत क्षेत्र शिवरात्रिमय बनेको छ । विहानैदेखि पाशुपत क्षेत्रमा भगवान शिवको दर्शन गर्न जाने श्रद्धालु भक्तजBabaनहरूको भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषले श्रद्धालु भक्तजनहरूको भीडलाई व्यवस्थित गर्न यसअधि नै विभिन्न तयारी गरिसेको छ । अहिले पाशुपत क्षेत्र देर्शन गर्न जाने भक्तजन र साधु सन्धहरूले भरिभराउ भएको छ ।  पाशुपत क्षेत्रसँगै देशभरका रहेका शिवलाहरूपनि आज भक्तजनहरूले भरिभराउ भएका छन् ।  शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको पाइन्छ ।

तपाईको प्रतिक्रिया