सिटौलाको समर्थन अब कस्लाई ?

फाुगन २४ । सभापतिको उम्मेद्वार भिडेका कांग्रेस महामन्त्री कृष्ण सिटौलाले सोचे जस्तो परिणाम हात पार्न सकेनन् । उनी तीन प्रतिष्प्रधी मध्ये सबैभन्दा कम सहित अन्तिममा रहे । सभापतिको पहिलो चरणको चुनावमा तीनै उम्मेद्वारले पचास प्रतिशत भन्दा एक बढि मत ल्याउन नसक्दा सभापति छान्न दोस्रो चरणको चुनाव हुँदैछ । जम्मा ११ भोटले पहिलो चरणबाट सभापति बन्न चुकेका शेरबशहादुर देउवा ११ सय ६० मत पाएका रामचन्द्र पौडेलवीच अब दास्रो चरणमा प्रतिष्प्रधा हुँदै छ । त्यसैले अब कृष्ण सिटौलाले जसलाई समर्थन गर्छन्, उस्ले जित्न सक्ने सम्भावना छ । हुन त शेरबहादुर देउवाले अन्य प्रतिष्प्रधिका भन्दा राम्रो मत पनि ल्याएका छन् । यदि सिटौलाले संस्थापन पक्षका उम्मेद्वार रामचन्द्र पौडेललाई समर्थन गरे भने नतिजा के हुन्छ भन्न सकिदैन ।

तपाईको प्रतिक्रिया