कांग्रेसमा सभापति छान्न दास्रो चरणको चुनाव हुँदै

फागुन २४ । नेपाली कांग्रेले सभापति पदमा सभापतिका कुनै पनि उम्मेद्वार पचास प्रतिशत भन्दा एक वढि मत ल्याउन नसक्दा सभापतिका लागि फेरी चुनाव हुने पक्का भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सभापति पदका उम्मेद्वार शेरबहादुर देउवाले पहिलो चरणको चुनावमा आवश्यक मत भन्दा ११ भोट कम ल्याएका हुन् । देउवाले १ हजार ५ सय ६४ मत ल्याए भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार १ सय ५४ मत ल्याएका छन् । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३२४ मत ल्याएका छन् । त्यस्तै, १ सय १ मत भने बदर भएको छ । आज दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । आइतबार भएको मतदानमा ३ हजार १ ुय ४८ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया