घोडेपानी पुनहिलमा पर्यटक बढ्न थाले

कास्की, फागुन २३ । म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको बिरेठााटी र घान्दु्रक क्षेत्रमा चिन र दक्षिण कोरीयाबाट भ्रमणमा आएका पर्यटकहरुको चहलपहल बढेको हो । यस क्षेत्रका पर्यटकीय स्थलहरु गत बैशाखको भुकम्प र नयाा संबिधान जारी भएपछि करिब पााच महिनासम्म भएको नाकाबन्दीका कारण सुनसान बनेका थिए । चिन, दक्षिण कोरीया र आन्तरीक पर्यटकको आगमन बढेपछि पर्यटन तथा होटल ब्यवसायी उत्साहीत बनेका छन् । घोडेपानी–घान्दु्रक पदमार्गमा हिजोआज नयाा वर्षको बिदा मनाउन दैनिक दुई सय जनाको हाराहारीमा चिनीया र कोरीयाका पर्यटक आउने गरेका छन् । चिनीया र दक्षिण कोरीयाका पर्यटकले घोडेपानी घान्द्रुक पदमार्गलाई रोजेका पथप्रर्दशकहरुले बताएका छन् । भुकम्पले असर नगरेको, पोखरादेखि नजिक, तटीय किनाराका बस्तीदेखि हिमाली क्षेत्रको अवलोलक गर्न सghorepaniकिने र छोटो समयका लागि यात्रा गर्न सकिने भएकाले पनि पर्यटक बढेको व्यवसायीहरु बताउंछन । करिब दुई हप्ताको बिदा मनाउन आउने चिनीया र दक्षिण कोरीयाका पर्यटकका लागि तिन देखि सात दिनमा पुरा हुने बिरेठााटी घोडेपानी घान्द्रुक पोखरा पदमार्ग आकर्षणको केन्द्र बनेको छ । हिमशृङ्गखला, सुर्योदयको दृश्यावलोकन, गुराासको जंगल, मगर र गुरुङ संस्कृती, एकान्त वातावरण, झरना, पंक्षि आदीले पनि यस क्षेत्रमा पर्यटक आकर्षित गरेको छ । म्याग्दीको घोडेपानीमा यसै हप्ता भेटिएका पर्यटकहरुले अन्नपूर्ण क्षेत्रका पर्यटकीय स्थलहरु सुरक्षित, सुन्दर र मनमोहक रहेको बताए । अन्नपूर्ण पदमार्ग सुरक्षित रहेको र प्राकृतिक सौन्दर्यतामा रमाउन पाएकोमा पर्यटकहरुले खुसी ब्यक्त गरेका छन् । प्रणय दिवस नजिकीदै गर्दा युवायुवती देखि पौद्धका जोडीहरु पदयात्रामा आएका छन् । पोखरा, काठमाडौ, चितवन, भैरहवा लगायत सहरका युवायुवतीहरुको पनि चहलपहल बढेको छ । अमेरीका, फ्रान्स, जर्मन, ईटाली, क्यानडा, बेलायत लगायत युरोपीयन मुलुकका पर्यटकको आगमन भने न्युन देखिन्छ । अन्नपूर्ण पदमार्गलाई भुकम्पले असर नगरेको र सुरक्षित रहेको सन्देश प्रवाह गराउने प्रयास भैरहेकाले आगामी सिजनमा युरोपीयन मुलकका पर्यटकको पनि आगमन बढ्ने स्थानीयको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया