शिवरात्रिको तयारी अन्तिम चरणमा

फागुन २३ । पशुपति क्षेत्रमा शिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको छ । भोली हुने शिवरात्रि  मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले अन्तिम चरणको तयारी पूरा गरेको हो ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनका अनुसार पशुपति क्षेत्र  भित्र साज सजावटको काम सकिएको छ भने सुरक्षा सहितका अन्य तयारी पनि अन्तिम चरणमा पुगेको छ । हरेक बर्ष शिवरात्रिको दिन पाशुपात क्षेत्रमा हजारै भक्तजनहरु दर्शनको लागि आउने गर्दछन् ।

तपाईको प्रतिक्रिया