राज्यको आँखा नपुगेका मोन्टेसरी स्कुल

डिल्लीराम भट्रराई ।

काठमाडौंको मण्डिखाटार निवासी बद्री सापकोटाले आफू मोन्टेसरी स्कुलबाट ठगिएको त्यतिबेला थाहा पाए जतिबेला उनी एक टेलिभिजनमा ‘चण्डोलस्थित जोर्डन स्कुलले अभिभावकको करोडौं रकम खाएर फरार’ शीर्षक समाचार हेरिरहेका थिए । आजभन्दा ३ वर्ष अघि चण्डोलमा प्रि स्कुल सञ्चालन गरेका अष्ट्रेलियाली नागरिक रिचार्ड र उनकी श्रीमती ज्याकीले पुतलीसडकमा विदेश पठाउने कन्सल्टेन्सी पनि खोलेका थिए । अभिभावकको मात्रै करिव १ करोड र विदेश जानेहरुको करोडौं झ्वाम पारेर ती दम्पती यसरी फरार भए कि अझसम्म पनि राज्य तिनका बारेमा बेखबर छ । छोरा पढाउन सापकोटाले स्कुलमा डिपोजिट गरेको करिब एक लाख रुपैयाा अरुकै पोल्टामा गयो ।
बाबुआमा दुवै जागिरमा जानुपर्ने वा व्यस्त रहनुपर्ने अभिभावकका कलिला बालबालिकाको पालनपोषणको पर्याय बन्न पुगेका छन् पूर्वप्राथमिक विद्यालय वा मोन्टेसरी स्कुलहरु । असामान्य रुपमा मनलागी शुल्क लिने, सेवासुविधा नदिने, नियमकानून आफैं बनाउने, शिक्षा मन्त्रालय अन्तर्गतका कुनै पनि निकायसाग अनुबन्धित नहुने लगायतका विकृत्त संस्कार मोन्टेसरी स्कुलका खास विशेषता हुन् ।

”एक दिन स्वमिङ लगेको रु. १ हजार चार्ज गर्छ । खाजा खाएको छुट्टै, बोल्यो कि सय दुई सय थपिहाल्छ” काठमाडौंको मिल्सवेरीमा आफ्नी छोरी पढाइरहेकी नितुले सही नाम नबताउने शर्तमा मोन्टेसरी स्कुलले अत्याचार गरेको गुनासो पोखिन् । लाजिम्पाट, चक्रपथ र बानेश्वरमा शाखा बिस्तार गरेको मिल्सवेरीले कमसल खाजा खुवाउने, शिक्षकशिक्षिकालाई कम तलवमा बढी काम लगाउने र भ्यानमा कोचाकोच गरी लामो दुरीबाट बालबालिका ओसार्ने गरेको त्यहीं केही दिन शिक्षिकाका रुपमा काम गरेकी रश्मी पौडेलले बताइन् । पौडेललाई शुरुमा खाजा, खाना दिएर मासिक १० हजार तलव दिने भने पनि खासमा सुक्खा ८ हजारको शर्त तेर्साएपछि उनले काम गर्न छोडिन् ।
”एक छिन् टुसुक्क बस्न नदिने, विद्यार्थीसँग बोल्दा पनि आइस्योस्, गइस्योस् भनेर बोल्नुपर्ने, गुणस्तरभन्दा पनि हप्कीदप्की ठूलो, सारै गाहे भएर छोडिदिएा मैले त । भन्ने मात्रै मोन्टेसरी । बेकारको धाकधम्की नै बढी हुदोरहेछ” रश्मीले भनिन् । मोन्टेसरी कटेज, मनिङ बेल्स, युरो किड्स, शिष्य, एसियन किड्स, मदर केयर, किण्डर क्यासल, बिजी बि, लिटल किङडम लगायतका यस्ता अनगिन्ती मोन्टेसरी काठमाडौंमा स्थापना भएका प्रि स्कुलहरु हुन् । त्यसो त संस्थागत विद्यालयले पनि मोन्टेसरी भन्दै हल्काफुल्का खेलकुदका सामान राखेर अभिभावकसाग चर्को शुल्क उठाउने संकार नबढेको भने होइन ।

मोन्टेसरीले पैसा पनि चाडपर्व अनुसार नै लिने गर्दछन् । जात्रा, भोज, भतेर, पर्व, मेला अनुसार यिनका ढााचा हुने गर्दछन् । दसैं, तिहार, क्रिसमस, ल्होसार आदि ठूला पर्वमा त्यही अनुसारको फलफूल, मिठाइ, लुगा र अन्य हाउभाउ देखाउादै खर्च गर्न बाध्य बनाउाछन् मोन्टेसरीहरु आफ्ना अभिभावकलाई । जन्मदिन मनाउने नाममा अविभावकसाग अत्याधिक शुल्क उठाउने मोन्टेसरीको अर्को ह्याङओभर संस्कार हो । कतिसम्म भने कक्षामा एकजनाको जन्म दिन पऱ्यो कि पूरै स्कुलका शिक्षकशिक्षिका र प्रिन्सिपललाई केक, मिठाइ र गिफ्ट दिनुपर्ने बाध्यात्मक स्थिति बनाएका हुन्छन् यस्ता स्कुलले । अनि त्यसको दास बन्ने गरेका छन् अविभावक ।

यस्ता विद्यालय अर्थात् शिशु स्याहार केन्द्रले मनोमानी ढंगले आफूखुसी ५ हजारदेखि ५० हजारसम्म मासिक शुल्क उठाउने गरेका छन् । सामान्यतया विहान ८:३० बजेदेखि ३:३० बजेसम्म बच्चा स्कुलमा राखेर पढाइदिने शर्तमा एउटा अविभावकले लाखौं खर्चनुपर्ने हुन्छ । विद्यालय शिक्षामा यति धेरै अनवान्टेड संस्कार बढ्यो कि रातो बंगलामा कुन अभिभावकले कस्तो गाडी चढ्छ त्यसको आधारमा विद्यार्थीलाई ट्रिट हुने मंगलबजार निवासी किशोर लामा बताउाछन् । जेम्स, लिटिल एञ्जल्स, युलेन्सको त कुरै अर्को छ । पैसा विना त्यहाा माखो नमर्ने युलेन्समै आफ्नो नानी पढाइरहेका बालकृष्णले बताए ।

मोन्टेसरीमा किन यस्तो हुन्छ भन्ने जिज्ञासामा मिड बानेश्वरस्थित इन्टर किन्डरगार्डेनका प्रिन्सिपल एसके प्रधान भन्छन्, “विद्यालय आफूले दिने सेवाको आधारमा शुल्क निर्धारण गर्ने चलन छ । न्युनतम मासिक २५ सयदेखि १० हजार हुादै ५० हजारसम्म मासिक शुल्क उठाउने गरेको सुन्नमा आएको छ । पैसा भएकाहरुसाग जसरी र जुनसकुै उपायले पनि रकम असुली गर्ने संस्कारको पनि विकास भएको छ हामीकहाा । अभिभावक पनि त्यस्तै छन् । जहाा बढी रकम त्यहीं नानी भर्ना गर्छन् । मुखमा आएको आहार कसले पो छोड्छ र ? ”
शुल्ककै इन्क्वायरी गर्दा नयाा बानेश्वरमा रहेको किडल्यान्ड मोन्टेसरीले मासिक ४ हजारको हाराहारीमा शुल्क लिने गरेको बतायो । उता किड्स वन्डरल्याण्ड बानेश्वरले भर्नावापत् १४ हजार र मासिक शुल्कका नाममा ४ हजार उठाउने गरेको जानकारी दियो । नगरपालिकामा वडाको र गाउामा गाविसको सिफारिसको भरमा मोन्टेसरी सञ्चालन हुन्छन् । यस्ता विद्यालयको दर्ता, सञ्चालन तथा आर्थिक शुल्क निर्धारणका सम्वन्धमा काठमाडौं जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमसाग बुझ्दा उनी भन्छन्, “मोन्टेसरीले जिल्ला शिक्षा कार्यालयमा कुनै सरोकार राख्दैनन् । नगरपालिका वा वडाको सिफारिसमा खुलेका यस्ता विद्यालयले सरकारलाई पनि कर तिर्दैनन् । न त यिनको राज्यप्रति कुनै दायित्व वा जिम्मेवारी नै हुन्छ । पढाउने भएकाले यिनीहरु शिक्षा मन्त्रालय अन्तर्गत रहुनपर्ने हो । तर त्यो भएको छैन । यिनको अनुगमन तथा नियमन कसले गर्छ त्यो पनि थाहा छैन ।”

मोन्टेसरीले अविभावकलाई त मारेकै छन् हगि भन्ने जिज्ञासामा गौतमले सोझै भनिहाले, ”दिए त खाइहाल्छन् नि । पैसा छ भन्दै ठूलो मुठो बुझाएपछि तिनको सत्र पल्टिहाल्छ नि । कतिपय अवस्थामा अभिभावकले पनि ख्याल राख्नुपर्छ यस्ता कुरामा । अन्य संस्थागत तथा सामुदायिक विद्यालयका हकमा राज्यले तिनले दिने सेवासुविधा, पूर्वाधार, शुल्क, विद्यालयको वातावण लगायतका प्रावधानलाई विशेष रुपमा लिएको हुन्छ । तर मोन्टेसरीका हकमा त्यस्तो केही छैन ।”
मोन्टेसरी स्कुलको प्रभावलाई रोक्न राज्यले जिल्ला शिक्षा कार्यालयको पहलमा शुरु गरेको वाल विकास केन्द्रलाई विकसित एवं बिस्तारित गर्नुपर्ने टड्कारो आवश्यकता रहेको पनि उनले बताए । यस्ता केन्द्रमा एकजना शिक्षकका साथै विद्यार्थीका लागि रु. ३ हजारसम्मको आर्थिक सहयोगको व्यवस्था गरिएको हुन्छ ।

मोन्टेसरी स्कुलमा कुनै प्रकारको सामूहिक संघ संगठनको विकास भएको पाइदैन । यिनले करका बिभिन्न नाम दिंदै शिक्षकशिक्षिकाको तलब कट्टी गर्ने गरेको पाइन्छ तर त्यो रकम राज्यको ढुकटीमा नगइ सोही स्कुलका सञ्चालकको खल्तीमा जाने गर्दछ । यस्ता विद्यालय प्याब्सन या एन प्याब्सनको छातामा पनि अटाउन सकेका छैनन् । पछिल्लो समय अत्याधिक रुपमा खुलेका यस्ता विद्यालयमा अध्ययनरत बालबालिका कुपोषण, मानसिक रोग, शारीरिक अस्वस्थता, इरिटेविलिटी आदिको सिकार हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया