भोटका लागि समाजिक सञ्जालमा कांग्रेस नेताको उपस्थिति

फागुन २२ । ftकाठमाडौंमा जारी १३ औं महाधिवेशनबाट पार्टी सभापतिदेखि केन्द्रीय समितिसम्म आउन नेताहरुको रस्साकस्सी जारी छ । नेताहरु अहिले प्यानलै बनाएर नेतृत्वको दौडमा छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर दउवा र महामन्त्री कृष्णप्रसाद सिटौला प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । नेताहरु सबैले आ–आफ्नो उम्मेद्वारीको औचित्यसहित सकरात्मक कुराको निकै जोडतोडका साथ प्रचारप्रसार गरिरहेका छन् । पदाधीकारीदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षिहरुले अहिले विभिन्न सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफ्नो प्रचार गरिरहेका छन् । हुन त विदेशमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट चुनावी प्रचार प्रसार नौलो नभएपनि नेपालमा समेत सामाजिक सञ्जाललाइ प्रयोग गरेर चुनावी प्रचार प्रसार गर्ने क्रम बढेको छ । कार्यबाहक सभापति रामचन्द्र पौडेलले फेसबुकमार्फत आफु र आफ्नो पक्षमा सञ्चारमाध्यममा आएका समाचारहरु सेअर गर्नुभएको छ । पौडेलले आफ्नो लक्ष र आफु सभापति भएमा पार्टीमा गर्ने कामहरु पनि फेसबुकमार्फत लेख्नु भएको छ । त्यस्तै, सभापतिका अर्का प्रत्यासी वरिष्ठ नेता शेरबहादुर देउवा पछिल्लो समय फेसबुकमा निकै सक्रिय हुनुहुन्छ । देउवाको फेसबुक अन्य नेताको तुलानामा निकै चाडो अपडेट भइराखेको हुन्छ । देउवाले पनि महाधिवेशनमा आफ्नो पक्षमा आएका समाचारहरु सेअर गर्नुभएको छ । उहांले आफ्ना क्षणक्षणका गतिबिधि पनि फेसबुकमार्फत प्रचार गरिरहनुभएको छ । सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौला भने सामाजिक सञ्जालमा अपडेट हुनुहुन्न । महामन्त्रीका प्रत्यासीहरुमध्ये शसांक कोइराला र गगन थापा सबैभन्दा बढी अपडेट हुनुहुन्छ । अर्का प्रत्यासी अर्जुननरसिंह केसी भने पछिल्लो केहि दिन यता सामाजिक सञ्जालमा अपडेट हुनुहुन्न । त्यस्तै, कोषाध्यक्षका प्रत्यासीहरुमा पनि आ–आफ्नो फेसबुकमा अपडेड गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया