सौन्दर्य बढाउन सन्नी सचेत

मुम्बई/ पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनी आफ्नो सौन्दर्यप्रति निकै सचेत बनेकी छन् । आफ्नो फिगरप्रति गर्व गर्ने सन्नी फिगर अझै राम्रो होस् भन्ने चाहना राख्छिन् । उनी फिगरकै कारण उनका कतिपय फ्यान फिदा भएको बताउाछिन् ।
भारतीय समाचार माध्यमले उल्लेख गरे अनुसार उनी आफ्नो फिटनेशलाई निकै ध्यान दिन्छिन् । खान खाने तालिका बनाएकी सन्नी उल्लेख नभएको कुरा कहिल्यै खान्निन् । नरिवल पानी उनको नियमित आहारा हो । नरीवल पानीकै कारण उनले आफूलाई फुर्तिलो भएको महसुsoniस गर्छिन् । यसको पानीले अनुहारको चमक पनि बढाउने गरेको उनको भनाइ छ । सकेसम्म ताजा खानेकुरा मात्रै खाने र जंक फुट कमै मात्रामा अर्थात विकल्पमा मात्रै प्रयोग गर्ने गरेको उनले बताएकी छन् । उनले भनिन्‘इनर्जी बढाउन नियमति दूध पिउाछु ।’
हरेक स्वास्थ मानिसका लागि पानी अनिवार्य हो भन्ने सन्नी आफ्नो साथबाट पानीको बोत्तल कहिल्यै छुटाउदिनन् । पानी धेरै खााने ब्यक्तिलाई कतिपय रोगले छुन नसक्ने उनको भनाई छ । त्यसैले नै आफ्नो फिगर आकर्षक भएको उनको दाबी छ । अभिनय कौशलमा उनी जति पोख्त छिन्, त्यति नै उनी आफ्नो शारीरिक सुन्दरतालाई चुस्त राख्न पनि खप्पिस छिन् भन्दा फरक पर्दैन । यसका अतिरिक्त उनको अर्को बानी भनेको उनी जंक फुडहरूबाट निकै पर रहन्छिन् । यस्तै आफ्नो शरीर फिट एण्ड फाइन तुल्याइराख्न व्ल्याक कफी लिने गर्दछिन् भने कम क्यालोरी भएको खाना खाने गर्दछिन् ।

Published On:  431पटक हेरिएको

तपाईको प्रतिक्रिया