धरान रनको चार बर्षे यात्रा

धरान, फाुगन २२ । पूर्वको सुन्दर नगरी धरानमा पछिल्ला बर्षहरूमा धरान रनले निकै चर्चा पाएको छ । स्वथ्य बनौं, रमाइलो गरौं र जीवन बचाउ भन्ने मूल अवधारणा सहित नेवा च्यारेटी फण्डको मातहतमा धरान रनले धरानवासीको जीवनमा परिवर्तन ल्याएको छ । रनले धरानका बासिन्दालाई स्वास्थ्य प्रति सचेत समेत गराएको छ । बिगत ४ बर्षदेखि प्रत्येक शनिबार धरान ८ मा रहेको यलम्बर पार्कमा भेला भई सबै उमेर समूहका मानिसहरू दौडिने गर्दछdharan run 2 dharanन् । हरेक हप्ता रनमा करिब ३/४ सयको सख्यामा बालबालिका, युवा र वृद्ध उमेर समूहका मानिसहरुको धरान रनमा सहभागीता रहने गरेको छ । धरान रनको नियमित श्रृखंला अन्र्तगतको बृहत अवधारणा हो धरान म्याराथन । खेलकुदको उर्वर ठाउँका रूपमा लिइने धरानका सक्रिय युवाहरूको प्रयासमा नेवा च्यारिटी ८ किमी धरान म्याराथन हुँदै आएको छ । १४ वर्षदेखि वेलायतमा बस्दै आएका धरानका युवा सन्तोष राईले स्थापना गरेको संस्था नेवा च्यारिटीले धरानमा लगातर चार पटक धरान म्याराथन सम्पन्न गरिसकेको छ । हरेक बर्ष फाल्गुन ८ मा हुँदै आएको धरान रन यस बर्ष पनि भब्य रूपले सम्पन्न भयो । धरान रनको चौथो संस्करणमा झण्डै १९ सय जना धावक सहभागी भएका थिए । पज..पीटीसी खुल्ला सहित विभिन्न पाँच वटा उमेर समूहमा भएको धरान रनको चौथो संस्करण पूर्वमा अहिलेसम्मकै बढि धावक सहभागी भएको म्याराथन हो । चौथो संस्करणमा यस बर्षको धरान म्याराथनको उपाधि पुरूषतर्फ बाग्लुङ्का तिर्थ पुन र महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । ८ किलोमिटरको दौडमा पुन र श्रेष्ठले उपाधि हात पारे । १० बर्षदेखि ६० बर्षसम्म सहभागी रनमा पुरूषतर्फ लक्ष्मण मल्ल ठकुरी र नयन थापाले दोस्रो तेस्रो हात परेका छन् भने महिला सपना मगर र सुनमाया बुढाले क्रमश दोस्रो र तस्रो उपाधि हात पारे । पज…धरान रन चौंथो संस्करण म्याराथनमा प्रथम हुने पुरुष र महिलालाई ३५ हजार, द्धितियलाई २५ हजार र तृतियलाई १५ हजार रुपैंया सहित प्रमाणपत्रले पुरस्कृत गरियो । धरान रनको बृहत अवधारणा अन्र्तगतको धरान म्याराथनमा हरेक बर्ष सहभागीता जनाउनेको संख्या बढ्दो छ । म्याराथनको पहिलो संस्करणमा ८ सय, दोस्रोमा ११ सय र तस्रोमा १२ सय चौथोमा १९ सय भन्दा बढि धावक सहभागी भएका थिए । खेलकुदमा राज्यको लगानी कम भएको गुनासो आइरहेका बेलामा धरानका युवाले भने आफ्नै लगानीमा म्याराथन आयोजना गर्ने गरेका छन् । हरेक बर्ष म्याराथनमा देशभरिबाट धावकलाई धरानको भानुचोकबाट ८ किमी दौडाउन धरानका युवालाई सहयोग गर्ने पनि स्थानीय र विदेशमा बस्दै आएका धराने युवा नै छन् । धरान रनद्धारा आयोजित नेवा च्यारिटीबाट संकलित रकम अपाङ्ग, जोखिममा परेका बालबालिका, निसहाय महिला आदिलाई सहयोग गरिदै आइएको छ । प्रथम नेवा च्यारेटी ८ कि मी म्याराथनबाट संकलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ रु. २ लाख ५० हजार दिई किरात राई यायोक्खाको सहकार्यमा १ लाख ५० हजार थप गरी रु. ४ लाखको अक्षय कोष खडा गरिएको थियो । दोस्रो नेवा च्यारेटी ८ कि मीबाट संकलित रकम एच आइभी संक्रमित र दुर्रव्यसनी फसेका महिलाहरुको निम्ति दृष्ट्रि ह्यापी होमका नामक संस्थालाई १ लाख ७७ हजार सहयोग गरिएको थियो । त्यस्तै तेस्रो नेवा च्यारेटी एच आइभी सक्रमित बालबालिकाको शिक्षाको लागि रू १ लाख ५० हजार प्रदान गरिएको थियो । यसैमा बराह ज्वेलरी प्रा.ली. बाट रु ५० हजार थप गरि रु २ लाख अक्षय कोष समेत खडा गरिएको छ । सधै सरकारले खेलकुदमा ध्यान पुर्‍याउन नसकेको गुनासो गर्नेहरु पनि धरानका युवाको पहललाई सकारात्मक मान्छन् । शहरका मानिस मोटोपना घटाउने र शारीरिक व्यायामका लागि मर्निङ वाकमा निस्कन्छन । यसरी मर्निङ वाक गर्नेहरू आ–आफ्नै अनुकूलतामा घरबाहिर निस्कन्छन् । तर, धरान यस्तो शहर हो, जहाँ विभिन्न उमेर समूहका सयौं एकसाथ दौडन्छन्, धरान रनको यही नाममा । सामान्यतया उमेर ढल्किसक्दा मधुमेह तथा अन्य रोगले च्याप्दा शारीरिक व्यायामका लागि मर्निङ वाक गर्ने चलन छ । तर धरानका युवा भने रोग लाग्नु अघि नै सचेत बन्नका लागि धरान रनको आयोजना गर्छन् । दौडिनेको हौसला बढाउन निश्चित समय दौडिनेलाई टिसर्ट पनि दिन्छ धरान रनले । धरान स्थायी घर भएर विश्वका बिभिन्न देशमा बस्दै आएका धराने युवाको पहलमा टिसर्ट व्यवस्था गरिदिन्छ, नेवा च्यारिटिले । हरेक सनिबार धरानमा हुने रनलाई राष्ट्रव्यापी बनाउन सके यसले मानिसलाई स्वस्थ र निरोगी बनाउन सहयोग गर्न सक्थ्यो ।

तपाईको प्रतिक्रिया