बुढासुब्बा गोल्डकप फुटबलको फाइनल भोलि

फागुन २१ । १८औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुँदैछ । सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरमा उपाधिका लागि भोलि दिउँसो ३ बजे विभाीय टोली पुलिसले मनाङसंग खेल्दै छ । बिहीबर भएको खेलमा रूपन्देही एघारलाई एक–शून्य गोलअन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, मनाङले भने साविक विजेता एपीएफ क्लबलाई तीन–दुई गोलअन्तरले पराजित गर्दै फाइनल यात्र तय गरेको थियो । १८औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको विजेता टोलीले चार लाख नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, उपविजेतामा चित्त बुझाउने टोलीले दुई लाख नगदसहित ट्रफि र मेडल हात पार्ने छ ।

तपाईको प्रतिक्रिया