फागुन २१। प्रहरीले नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको औषधि उद्योगमा सिल गरेको छ । काठमाडौं परिसरबाट खटिएको विशेष टोलीले महासंघ पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको लोमस प्राइभेट लिमिटेड र हरी भक्त शर्माको देउराली जनता नामको औषधि कम्पनीलाई सिल गराएको हो । त्यस्तै प्रहरीले प्रदिपजंग पाण्डेका दुई छोराहरु आवश्यक अनुन्धानका लागि नियन्त्रणमा लिएको छ । तोकिएभन्दा उच्च मूल्यमा औषधि बिक्री गरेको पाइएकाले औषधी कम्पनी सिल गरिएको प्रहरीको भनाइ छ । को काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।