आँट गर्नेहरुलाई भगवानले पनि साथ दिन्छ : युवा उद्यमी नारायण श्रेष्ठ

पढेलेखेकाले खेती किसानी गर्नु हुन्न भन्ने पुरानो मान्यता फेरिदैछ । उच्चशिक्षा पढेका र विदेश गएर फर्किएकाहरु पनि भटाभट व्यवसायिक खेती किसानीमा लागेका प्रशस्तै उदाहरणहरु छन् —ती मध्ये_MG_8763का एक हुन नारायण श्रेष्ठ । हरेक मान्छेले सपना देखेको हुन्छ किनकी सपना नै जिउने आधार हो । हो नारायण पनि यस्ते सपना देख्ने गर्थे उनमा एउटा ठूलो सपना थियो — सफल उद्यमी बन्ने । काठमाण्डौको बुढानिलाकण्ठमा १६ रोपनी जग्गा भाडामा लिएर नारायणले ५ वर्ष देखि व्यवसायिक कृषि खेती गरिरहेका छन् । अझै जग्गा बढाउने सोचमा छन् उनी । अहिले टनेल वनाएर मौसमी र वेमौसमी सबैे खाले तरकारी उत्पादन गरिरहेको नारायणको तरकारी बजारमा पुर्‍याउने कला बेजोड छ । कृषकले दु:ख गरेर फलाएको तरकारी बजारमा लैजाादा विचौलियाले मोटो रकम कमिसन खाने चलन नारायणलाई मन परेको छैन । त्यसैले तरकारी आफै बजारमा पुर्‍याउने रणनीति बनाएर उनले बुढानिलकण्ठ नारायणस्थान, महाराजगञ्ज क्षेत्रका किराना पसल, खुद्रा पसल र तरकारी व्यापारी कहाा उनले सिधै तरकारी बेच्ने संयन्त्र बनाएका छन् । गाडी र साइकलमा राखेर विना कमिसन पसलमा तरकारी पुर्‍याउन कामदार नै भर्ती गरेका छन् । यसो गर्दा व्यापारी र उपभोक्ताले सस्तोमा तरकारी किन्न पाउने उनको अनुभव छ । “विचौलियाको कमिसन घटेपछि त तरकारीको भाउ सस्तो हुने भैहाल्यो नि” —नारायण भन्छन् । ३५ लाख रुपैया लगानीमा क्याटलिन एग्रो ग्रुप नामक संस्था दर्ता गरेर व्यवसायिक कृषक बनेका हुन नारायण । उनको फार्ममा तरकारी बाहेक माछा र कुखुरा पनि उत्पादन हुन्छ । माछा पालनको लागी दुइवटा पोखरी छन् । पोखरी वरीपरी आधुनिक खोरमा चाइनीज हाास पाल्ने उनको योजना छ । कुखुरा पालनको लागि बैज्ञानिक र सफा खोरहरु बनाएका छन् ।
जताततैबाट हण्डर खाएपछि नारायण कृषिमा हाम्फालेका हुन् । होटेल व्यवस्थापनमा स्नातक तहको पठाई पुरा गरेर पााचतारे होटेलमा समेत काम गर्न थालिसकेका थिए नारायणले । तर, जागिर खाादा उनको मनमा सधै ग्रहण लाग्थो । “म जागिर होइन आफै केही गर्न चाहान्थे” नारायण भनुहुन्छ “जागिर खाएर अल्झिनु भन्दा अरु सयौलाई रोजगार दिनु पो ठूलो कुरा हो” । “व्यवसाय पनि होस देशको सेवा पनि” आफै केही गर्ने उद्देश्य बोकेका नारायणले होटेलमा ५ महिना भन्दा बढी काम गर्न सकेन । लोभ लाग्दो पााचतारे होटेलको जागिर चटक्क छोडेर वर्कसप व्यवसायतिर लम्किए । ललितपुरमा अत्याधुनिक वर्कसप खोले तर, मेकानिकल ज्ञानको अभावमा फस्टाउन सकेन । वर्कसप पछि घाटाको व्यापार, रेष्टुरेन्ट व्यवसायमा पनि दोहोरियो । मिजासिला र नरम स्वभावका नारायण कामदारलाई औधी माया गर्थे । तर कहिलेकाही मायाको फल तितो पनि हुने रहेछ । “मैले धेरै माया गरेकै भएर कामदारहरुले मलाई धोका दिए ।” उनी थप्छन् त्यसैले रेष्टुरेन्ट घाटामा गयो । कालो बादलमा पनि चाादीको घेरा हुन्छ भनेझै घाटाको व्यवपारले पनि नारायणलाई केही गर्ने थप उर्जा दियो । “ठेस लागेर लडेपछि त्यही रोएर बस्ने कुरा त भएन नि” – ठट्यौली पारामा नारायण भन्छन् । हुन त संघर्षमा एक्लै परेको बेला झन सशक्त बन्न सक्ने शक्ति नै महान हो । उनी थप्छन् – “जुन वेलामा मैले व्यापारमा हात हाले मलाई परिस्थितिले सोचे भन्दा बढ्ता जिम्मेवार लिुनपर्ने ठाउामा उभ्याइदिया । न कुनै तयारी थियो, न त अनुभव नै । आफू कहाा छु र कहाा पुग्नु छ भन्ने कुनै हेक्का थिएन । मेरो एउटै संकल्प थियो, जसरी पनि सफल उद्योमी बन्ने” —नारायण भन्दछन् । त्यस पछि नारायणले संसारका ठूला व्यक्तिहरुको जिवनी र थुप्रै कितावहरु अधययन गरे । विभिन्न उद्योग सम्बन्धीको भ्रमण गरे । सबै पक्ष सोचेर कृषिमा हात बढाए । त्यसो त सुरुका वर्षमा नोक्सानी खेपेका श्रेष्ठ दोस्रो वर्षदेखि भने फाइदामा गए । कृषि मैत्री वातावरण बन्दै गएको कृषि प्रधान देश नेपालमा “कृषि नै दिगो व्यवसाय हो” —उनी भन्दछन् । त्यसैले घाटैमा गएपछि पनि लगानी गर्न छोडेन । कृषिले फलाएको नारायण अहिले अन्य आधा दर्जन व्यवसायमा पनि जोडिएका छन् । युग प्रविधिको हो कसरी प्रविधि मैत्री गर्दै कर्मचारीलाई चुस्त र दुरुस्त तरिकाले घरमा नै बसेर सबै व्यवसायलाई सञ्चालन गर्न सकिन्छ भन्ने कुरालाई नियाली रहेकाछन् नारायण । उनी भन्छन् —“विजनेसको कडी भनेको नै सूचना हो, सूचना प्रत्यक्ष वा अप्रत्यक्ष दुबै लिइरहेको हुन्छु ।” उनले जन्म स्थान दोलखा सदरमुकाम चरिकोटमा फर्निचर उद्योग खोलेका छन् । क्याटलक र इन्टरनेटको माध्यमबाट आकर्षक डिजाइन खोजी गर्दै त्यस्तै फर्निचर बनाएर बेच्न थाले पछि उनको उद्योग फस्टाएको छ । फर्निचरबाट मनग्य आम्दानी गरेको श्रेष्ठले प्लाई उद्योग खोल्ने योजना बुनिरहेको छन् ।
व्यापार व्यवसायमा लाग्न खोज्नेहरुलाई सघाउन श्रेष्ठले अवतार सेभिङ्ग एण्ड क्रेडिटको अपरेटिभ सहकारी संस्थामा पनि लगानी गरेका छन् । उनले ग्रार्मेन्ट कारखाना पनि चलाएका छन् । कृषि देखि सहकारी संस्थासम्मै लगानीमा बढाइरहेको नारायण निकट भविष्यमा नै चीनियाा व्यापार गर्ने सुरसारमा छन् । बैशाख १२ गते गएको भुकम्पले नारायणलाई पनि ठूलो क्षति पुर्‍यायो । उनको कृषि फार्मको पोखरी भत्किएर सबै माछाहरु मरे भने ३१ सय कुखुरा पनि नष्ट भयो । दोलखाको फर्निचर उद्योगमा पनि ठूलो क्षति पुग्न गयो । तर, हिम्मतिला नारायणले हरेस खाएका भने छैनन । कृषि फार्म अझै राम्रोसंग सञ्चालन गर्न उनले विदेशको कृषि फार्ममा काम गरेर फर्किएका युवाहरु जम्मा पारेका छन् । अखवारमा विज्ञापन छपाएर आफू जस्तै कृषिमै केही गर्न चाहने युवा भेला पारेर कृषि फर्मलाई गति दिन उनी जुटेका छन् । अहिले उनको फर्ममा इजराइलमा काम गरेर फर्केका युवाहरु काममा खटिन्छन् । “मान्छे लडेपछि उठन जान्नुपर्छ” — नारायण भन्छन्, “आाट गर्नेहरुलाई भगवानले पनि साथ दिन्छ” । व्यवसायमा चम्किदै गरेको नारायणले परिवारमा समेत आफ्नो दायित्व र जिम्मेवारी निभाएका छन् । दुइ भाइ मध्ये एकलाई क्यानाडा पठाए भने अर्काेलाई काठमाण्डौमानै राखेर स्नातकोतर पढाइरहेका छन् । “परिवार नै नभए मान्छेको के नै अर्थ हुन्छ र?” नारायण प्रश्न गर्छन् । उनमा अनौठो सोख रहेछ, परिवारसागै विश्वको विभिन्न ठाउा घुम्ने । व्यवसायमै रमाएका कारण युवा कृषि उद्यमी नारायण श्रेष्ठले विवाहको बारेमा सोच्न भ्याएको छैनन् । ”विहे जिवानमा एक चोटी गरिन्छ” – उनी भन्छन् – “मन मिल्ने भेटेपछि पक्कै गरिन्छ” ।

तपाईको प्रतिक्रिया