प्रचण्ड बने प्रधानमन्त्री, रामचन्द्र बने पनडियाल

फागुन २० । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घटान शत्रमा आफ्नो शुभकामना सन्देश दिने क्रममा उपस्थित नेता गणलाई सम्बोधन गर्दा जब विहारका मुख्य मन्त्री नीतिशकुमारले कांग्रेस सभापति पौडेललाई पनडियाल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका प्रधानमन्त्री भने तब माहोल बग्लै बन्यो । नीतशकुमारले सम्बोधन गर्दै गर्दा सबै हास्न थाले । नीतिशकुमारले आफूलाई प्रधानमन्त्रीको रूपमा सम्बोधन गरेपछि मञ्चमा बसेका एकीकृत माओवादी अध्यक्ष प्रचण्ड पनि मुसुमुसु हाँसिरहेका थिए । भारतको विहार प्रदेशका मुख्य मन्त्री नीतिशकुमार नेपाली कांग्रेसको निमन्त्रणमा विहीबार काठमाडौं आएका थिए ।

तपाईको प्रतिक्रिया