महिला हिंसा र सामाजिक सोच

परापूर्व कालदेखि नै महिलाहरूलाई घरमा कामगर्ने कामदारका रूपमा हेरिंदै आएको छ । खासगरी बिलासिताका सामान र बिज्ञापनका माध्यमका रूपमा महिलाहरुलाई प्रयोग गरिदै आएको छ । बदलिंदो विश्वको परिवर्तनसागै महिलाहरूमा पनि अधिकारका मागहरू गरिंदै आएको कुरालाई भने नकार्न सकिंदैन । तर पनि संसारभरका महिला तथा बालबालिका बिरूद्धको हिंसा लगायत घरेलु हिंसाहरू बढने क्रममा रहेको छ । विश्वमा भएका द्वन्दहरूमा पीडकहरूले बलत्कारलाई महिला विरूद्ध मात्र नभई सम्पूर्ण समुदाय प्रति लक्षित युद्धको साधनको रूपमा प्रयोग गरि–रहेको पाईएको छ ।

लिङ्गका आधारमा हुने घरेलु हिंसा अहिले पनि विश्वका केही भू–भागहरूमा निजी परिधिभित्रको विषय बनेको छ र महिलालाई कसरी वस्तुको रूपमा लिईएको छ भन्ने कुराको प्रमाण विश्व बजारमा पाईने बिभिन्न साधनहरूको प्रचारमा प्रयोग गरिएका महिलाहरू नै काफी रहेको छ । पुरूषहरूले महिलाको स्वायत्तता र आत्म–मूल्यलाई कम गर्न प्राय: घरेलु हिंसाको प्रयोग गरेको पाईन्छ ।

 महिला बिरूद्ध हुने हिंसालाई परिभाषित गर्दा परिवारभित्र होस् वा बाहिर महिला माथि हुने जुनसुकै किसिमको शारीरिक, मानसिक, मनोबैज्ञानिक, यौनजन्य प्रताडना, यातना, लान्छना आदि क्रियाकलापलाई बुझिन्छ । त्यसैगरी राज्य, परिवार र समाजबाट हुने हिंसाहरू जस्तै : अङ्गभङ्ग गर्ने, महिला तथा बालिका माथि यौन दुब्र्यबहार, यौन उत्पीडन तथा कामगर्ने स्थान र शिक्षण संस्थाहरूमा तर्साई डर देखाई गरिने क्रियाकलाप, महिलाहरूको बेचबिखन, जवजस्ती गरिने यौन ब्यापार समेतका शारीरिक, यौन तथा मानसिक हिंसालाई जनाउादछ ।

महिला बिरूद्ध हुने हिंसाका प्रकारहरू :
१) शारीरिक हिंसा :
 कुटपिट, अङ्गभङ्ग गर्ने ।
 महिला तथा बालिकामाथि यौन दुव्र्यबहार गर्ने ।
 जवजस्ती यौन ब्यबहारमा लगाउने ।
 घोक्र्याउने, धकेल्ने, पोल्ने, काट्ने ।
 बलत्कार, यौन दुव्र्यबहार, हाडनाता करणी गर्ने ।

२) मानसिक हिंसा :
 बााझो, बिधवा जस्ता अपशब्दको प्रयोग गर्ने ।
 सार्वजनिक एवं कार्यस्थानमा दुव्र्यबहार गर्ने ।
 चिट्टीपत्र, ईन्टरनेट तथा ईमेलबाट धम्की दिने ।
 टेलिफोनद्धारा अपशब्द प्रयोग गरी यातनाका माध्यमबाट आत्महत्यासम्म गर्ने स्थितिको सृजना गर्ने ।
 अरूको अगाडि होच्याउने र ईच्छा आकंक्षालाई दबाउन बाध्य तुल्याउने ।
 चरित्र हत्या हुने खालका शब्दहरूको प्रयोग गर्ने ।

३) परम्परागत हिंसा :
 देउकी, झुमा, बादी प्रथा, छाउपडी प्रथालाई यथावत राख्ने ।
 बालबिबाह, बहुबिबाह, बोक्सीको आरोप लगाउने ।
 दाईजो कम ल्याएको वा नल्याएकोमा कुटपिट गर्ने, आगो लगाउने वा मुखमा एसिड खन्याउने ।
 प्रजनन् स्वास्थ्यमा महिलाको अधिकार नहुने ।
 छुवाछुतको भेदभाव राख्ने ।
 बिधवाप्रति दुब्र्यबहार गर्ने ।
 छोरीलाई पारिवारिक बोझ सम्झने ।

४) आर्थिक हिंसा :
 आर्थिक रूपमा आय आर्जन हुने खालका काम गर्नमा रोक लगाउने ।
 महिलाहरूलाई आवश्यक पर्ने खर्च नदिने र पुरूषहरूसाग पैसा माग्न बाध्यता सृजना गर्ने ।
 बलजफ्ती काममा लगाउने र पारिश्रमिक भने पुरूषले लिने ।

५) राजनैतीक हिंसा :
 दलहरूले महिलाहरूका निम्ति कुनैपनि धारणा वा नीति नबनाउने ।
 राजनीतिमा लागेका महिलाहरूको चरित्र हत्या गर्ने ।
 बिभेदपूर्ण कानूनको निर्माण ।
 राजनीतिमा संलग्न महिलाहरू प्रति परिवारका सदश्यहरूले असहयोग गर्ने, होच्याउने र नकारात्मक धारणा राख्ने ।

Published On:  680पटक हेरिएको

तपाईको प्रतिक्रिया