फाल्गुन २० । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन शत्र अबको केही बेरमा काठमाडौंको खुल्ला मञ्चमा शुरू हुँदै छ । महाधिवेशनको उद्घाटन शत्रको लागि देशभरिबाट आएका कार्यकर्ता काठमाडौंको खुल्ला मञ्चमा भेला भइरहेका छन् । त्यस्तै उद्घाटन शत्रमा कुटनीतिक नियोग प्रतिनिधि र विदेशी पाहुना पनि खुल्ला मञ्चमा आउनेक्रम शुरू भएको छ ।